गृहपृष्ठ Featured च्याम्पियन्स ट्रफी फाइनल : टस जितेर भारतविरुद्ध ब्याटिङ गर्दै न्युजिल्यान्ड

च्याम्पियन्स ट्रफी फाइनल : टस जितेर भारतविरुद्ध ब्याटिङ गर्दै न्युजिल्यान्ड

प्रकाशित मिति:

काठमाडौं ।

आ‍ईसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल न्यूजिल्यान्ड र भारतबीच दुबईमा सुरू भएको छ । टस जितेको न्यूजिल्यान्डले पहिले ब्याटिङ रोज्यो ।

दुबई इन्टरनेसनल क्रिकेट रंगशालामा भइरहेको खेलमा भारतले यसअघि सेमिफाइनल जितेकै टीम उतारेको छ । न्यूजिल्यान्डले भने एक परिवर्तन गर्न वाध्य भयो । टीमका प्रमुख बलर म्याट हेनरीले चोटका कारण फाइनल गुमाएका छन् । उनको स्थानमा नाथन स्मिथलाई खेलाइएको छ ।

भारतले लगातार तेस्रोपटक फाइनल खेलेको हो । अघिल्लो संस्करणमा पाकिस्तानसँग भारत पराजित भएको थियो । त्यसअघि ईंग्ल्यान्डलाई फाइनलमा हराउँदै भारतले उपाधि जितेको थियो ।

न्यूजिल्यान्डले सन् २००० मा भएको च्याम्पियन्स ट्रफी जितेको थियो ।

सम्बन्धित् समाचार