गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तिम चरणमा

लुम्बिनी प्रदेश : प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तिम चरणमा

प्रकाशित मिति:

बुटवल ।

लुम्बिनी प्रदेशको प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तिम चरणमा पुगेको छ । भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले गुरुयोजनालाई टुंग्याउन आइतबार छलफल कार्यक्रम आयोजना गरेको छ ।

 यो छलफलबाट आएका सुझावहरूलाई समेटेर गुरुयोजनालाई अन्तिम रूप दिने र प्रदेश सरकार मन्त्रिपरिषद् बैठकबाट पारित गरी कार्यान्वयनमा लैजाने तयारी गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले गुरुयोजना आवश्यकतासहितको आधारमा निर्माण गर्न थालिएको बताए।

उनले भूगोल र जनसंख्यालाई आधार मानेर योजना तर्जुमा गर्नुपर्ने  बताए । उनले आवश्यकता र औचित्यको आधारमा गुरुयोजनालाई टुंगोमा पुर्‍याउने काम भइरहेको बताए ।

उनले अव प्रदेश सरकारको आफ्नै सडक हुनेछ । जसले प्रदेशलाई विकास निर्माणको काममा नयाँ उचाइमा पुराउने बताए ।

मुख्यमन्त्री आचार्यले समानीकरण अनुदान प्राप्त नभएपछि प्रदेश सरकारमाथि दायित्व थपिदा केही जटिलताहरू देखिन थालेको  बताए ।

गुरुयोजना निर्माण तथा कार्यान्वयनका लागि सबै पक्षबिच समन्वय आवश्यक रहेको  बताउँदै  प्रदेश सरकार गुरुयोजना कार्यान्वयन गर्न प्रतिबद्ध रहेको प्रस्टाए।

भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले सडक निर्माणको कामलाई नयाँ उचाइमा पुर्‍याउन गुरुयोजना कोशेढुंगा सावित हुने  बताए । उनले गुरुयोजनाको आधारमा बार्षिक योजनाहरु छानिने समेत स्पष्ट पारे ।

सम्बन्धित् समाचार