गृहपृष्ठ Featured ३ वर्षभित्र भूमिहीन र सुकुमबासी समस्या समाधान हुन्छ : भूमिमन्त्री अधिकारी

३ वर्षभित्र भूमिहीन र सुकुमबासी समस्या समाधान हुन्छ : भूमिमन्त्री अधिकारी

प्रकाशित मिति:

काठमाडौं ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अबको तीन वर्षभित्र भूमिहीन, सुकुमबासी, अव्यवस्थित बसोबास र भूमि क्षेत्रका समस्या समाधान भएर जाने बताएका छन् ।

संघ, प्रदेश र स्थानीय तहको भूमि समस्या समाधानका लागि सात वटै प्रदेशका भूमिमन्त्रीहरु रहेको विषयगत समितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले संघीय सरकार, सबै प्रदेश सरकार, राष्ट्रिय भूमि समस्या समाधान आयोग र मातहतका निकायहरु हालसम्म देखिएका भूमिसँग सम्बन्धित सबै समस्या समाधान गर्न प्रतिवद्ध भएर लागेको बताए ।

मन्त्री अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणको क्षेत्रमा ३ तहबीच कानूनी एकरुपता ल्याउने, सेवालाई प्रविधियुक्त तुल्याउने, सहकारीका विशेष समस्या समाधानको रणनीति खाका पारित गर्ने काम बैठकले गरेको बताए ।

आफूले मन्त्रालय सम्हालेपछि अधिकार हस्तान्तरण गर्न अग्रसरता देखाएको उनको भनाइ छ ।

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले संघमा भूमिसम्बन्धी धेरै अधिकार केन्द्रीकृत भएको भन्दै कानून बनाएर प्रदेशमा हस्तान्तरण गर्न आग्रह गरे ।

प्रदेश सरकारले आफ्ना संरचना बनाउनसमेत संघीय सरकार गुहार्नुपर्ने भन्दै यो अवस्थाको अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।

सम्बन्धित् समाचार