गृहपृष्ठ Featured रवि लामिछानेले दिए उच्च अदालतमा पुनरावेदन

रवि लामिछानेले दिए उच्च अदालतमा पुनरावेदन

प्रकाशित मिति:

बुटवल ।

रुपन्देही जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलास पुगेर पुनरावेदन दिनुभएको छ ।

गत माघ १३ गते रुपन्देही जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले रवि लामिछानेलाई एक करोड रुपियाँ धरौटीमा छाड्न आदेश दिएको थियो । लामिछानेले जिल्ला अदालतको उक्त आदेश बदरको माग गर्दै सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिनुभएको हो ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध कसुरमा जिल्ला अदालत रुपन्देहीमा गत माघमा मुद्दा दर्ता भएको थियो । उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले रास्वपा सभापति रवि लामिछाने आफैँ अदालतमा उपस्थित भएर जिल्ला अदालत रुपन्देहीको आदेश बदर गरिपाऊँ भन्दै निवेदन पेस गरेको जानकारी दिनुभयो ।

रवि लामिछानेले जिल्ला अदालतले मागेको एक करोड रुपियाँ धरौटीको आदेश मिलेन भन्दै उक्त आदेश बदर गरी साधारण तारिखमा रहन पाऊँ भन्दै निवेदन दिनुभएको कुँवरले जानकारी दिनुभयो ।

लामिछानेले दिनुभएको निवेदनमाथि मङ्गलबार अदालतमा पेसी तोकिएको छ । उता जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई धरौटीमा छाड्न गरेको आदेश बदर गरी रविलाई थुनामै राख्नुपर्ने मागसहित जिल्ला सरकारी वकिल कार्यालय रूपन्देही यसअघि नै उच्च अदालत बुटवल इजलास गइसकेको थियो ।

सम्बन्धित् समाचार