गृहपृष्ठ Featured भूमिहीन, दलित र सुकुम्वासीलाई छिट्टै लालपुर्जा दिन्छौं : मन्त्री अधिकारी

भूमिहीन, दलित र सुकुम्वासीलाई छिट्टै लालपुर्जा दिन्छौं : मन्त्री अधिकारी

प्रकाशित मिति:

काठमाडौं ।

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमिहीन, दलित, सुकुम्वासीलाई छिट्टै प्रक्रिया पूरा गरेर लालपुर्जा वितरण गर्ने बताएका छन् । जसका लागि भूमि आयोग र भूमि अध्यादेशमार्फत प्रक्रिया अघि बढिरहेको मन्त्री अधिकारीले जानकारी गराए ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र दलित अधिकार तथा विकास केन्द्र नेपालले संयुक्त रुपमा आयोजना गरेको भूमिहीन सुकुम्वासी एवं बहुआयामिक गरिब दलित समुदायका लागि भूमि वितरण र गरिबी निवारणका सवाल: संवैधानिक अधिकारहरूको प्रश्न विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

राष्ट्रिय भूमि आयोगले देशभर भूमिहीन, दलित र सुकुम्वासीहरूलाई कानुनी प्रक्रिया पुरा गरेर वास्तविक भूमिहीनलाई जग्गा वितरण गर्ने प्रक्रिया अघि बढाएको उनले दाबी गरे ।

दलित समुदायले वषौंदेखि भोग्दै आएका भूमि क्षेत्रका समस्या र भूमिमा खोजिरहेको स्वामित्वबारे आफू जानकार रहेको मन्त्री अधिकारीको भनाई छ ।

सम्बन्धित् समाचार