लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले राजनीतिक अस्थिरताले अहिलेको व्यवस्थामाथि प्रहार भएको बताउनुभएको छ ।
नेपालको अहिलेको शासन प्रणाली विश्व कै उत्कृष्ट भएको बताउनुहुँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कार्यान्वयनकै चरणमा रहेको बताउनुभयो । “सङ्घ र प्रदेशमा छिटो छिटो सरकार परिवर्तन भई रह्यो । यसले सकारात्मक सन्देश दिएको छैन ।’’
पाल्पाली समाज नेपालले बुधबार बुटवलमा आयोजना गरेको होली मिलन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै सभामुख घर्ती मगरले भन्नुभयो, ‘‘सरकार फेरबदल भई रहने र नेता तथा जनप्रतिनिधिको कार्यसैलीप्रति इङ्कित गर्दै केहीतत्वले व्यवस्थामाथि नै प्रश्न उठाएको छ ।’’
उहाँले जनताको कामबाट त्यसको जवाफ दिनु पर्ने पनि बताउनुभयो ।