अर्घाखाँचीमा जन्ती बोकेको गाडी दुर्घटना भएको छ । उक्त दुर्घटनामा ९ जना घाइते भएका छन् । जिल्लाको छत्रदेव गाउँपालिका ३, अर्चलनेतामा बुधबार विहान विद्युतीय गाडी दुर्घटना भएको हो ।
दुर्घटनामा परी हुँदा ९ जना घाइते भएको नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । प्रहरीका अनुसार अर्घाखाँचीदेखि बुटवलतर्फ जन्ती लिएर आउँदै गरेको इभी गाडी दुर्घटनामा परेको हो ।
लुम्बिनी प्रदेश ०१–००१ ज ०१४० नम्बरको जिप छत्रदेव गाउँपालिका–३, अर्चले नेटाको कच्ची सडक खण्डमा विहान साढे ८ बजेको समयमा दुर्घटना भएको हो । घाइतेहरुलाई उद्धार गरी थप उपचारका लागि बुटवल ल्याइएको प्रहरीले जनाएको छ ।
गाडीमा सवार १२ जना मध्ये ४ जनाको अवस्था सामान्य रहेको छ ।