वैखरी अनलाईन, बाणगंगा ।
रुपन्देहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार रुपन्देहीको तिलोत्तमा नगरपालिका- ३ संखरनगरस्थित भैरहवा- बुटवल सडकखण्डमा दुर्घटना हुँदा कपिलवस्तु नगरपालिका- १ तौलिहवाका सिद्धार्थ चौधरीको मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ ।
उक्त सडकखण्डको सर्भिस लेण्डमा रोकिराखेको लु.प्र.००१ ख ०४६९ नं. को ट्रकमा मडिग्रामबाट बुटवल तर्फ जादै गरेको लु४९प २१७२ नं. को स्कुटर ठोक्किदा स्कुटर चालक चौधरीको मृत्यु भएको हो ।
दुर्घटनाबाट गम्भिर घाईते भएका चौधरीलाई थप उपचारको लागी लुम्बिनि प्रादेशिक अस्पताल बुटवल पठाईको तर चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
स्कुटरको पछाडी सवार तौलिहवामा २१ बर्षीय सचिन सर्मा सामान्य घाईते भएका छन् ।
प्रहरीले ट्रक, ट्रक चालक र स्कुटर प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।