सागर वि.क., वैखरी अनलाईन ।
रुपन्देहीको सैनामैनामा भएको प्रथम सुनगाभा सैनामैना गोल्डकपको उपाधि कपिलवस्तु ११ ले हात पारेको छ । आज बुधबार सैनामैना रंगशाला मुर्गियामा भएको फाइनल खेलमा अभिषेक चर्च रजहर नवलपुरलाई पराजित गर्दै कपिलवस्तु च्याम्पियन बनेको हो ।
कपिलवस्तुले अभिषेक चर्चलाई १−० ले पराजित गरेको हो । ५२ औं मिनेटमा मोहम्मदले गरेको गोल नै निर्णायक सावित भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
च्याम्पियन बनेसंगै कपिलवस्तुले नगद ७ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरको छ भने उपविजेता बनेको अभिषेक चर्चले ४ लाखमा चित्त बुझाएको छ ।
कपिलवस्तु ५ जना र अभिषेक चर्च ४ जना विदेशी खेलाडीसहित मैदानमा उत्रिएको थियो ।
यस प्रतियोगिता मुर्गिया फुटबल क्लबको आयोजनामा भएको थियो ।