गृहपृष्ठ Featured कपिलवस्तु जेसीजका नवनिर्वाचित पदाधिकारीहरुद्धारा पदभार ग्रहण

कपिलवस्तु जेसीजका नवनिर्वाचित पदाधिकारीहरुद्धारा पदभार ग्रहण

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिललवस्तु जेसीजका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । विहिबार बाणगंगा नगरपालिका १ बैरियामा रहेको जेसीजको आफ्नै भवनमा भएको २५औं पदस्थापन कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् ।

सोही कार्यक्रममा सपथ ग्रहण गर्दै नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् । बर्ष २०२५ का लागि निर्वाचित अध्यक्ष जनक बेल्वासेलाई बर्ष २०२४ का अध्यक्ष प्रविन पौडेलले सपथ ग्रहण गराएका थिए भने अन्य पदाधिकारीहरुलाई अध्यक्ष बेल्वासेले सपथ ग्रहण गराएका हुन् ।

आईतबार भएको २५औं अधिवेशनबाट अध्यक्षमा बेल्वासेसहित कार्यकारिणी उपाध्यक्षमा रिता खरेल र राजन अर्याल उपाध्यक्षमा निलकमल थारु, दिनेश भण्डारी, सुशील घिमिरे र सशांक पौडेल निर्वाचित भएका थिए ।

अध्यक्ष बेल्वासेले बर्ष २०२५ को लागि महासचिवमा मिन बहादुर थापा, कानूनी सल्लाहकारमा हेमन्त गिरी, कोषाध्यक्षमा खिमानन्द घिमिरे, तालिम आयुक्तमा अशोक पौडेल, सचिवमा किरण घिमिरे, थीम संयोजकमा बुद्धि बहादुर रोकाया क्षेत्री, सिईएमा शंकर न्यौपाने, संघ संस्था संयोजकमा प्रवीण बस्याल, स्वास्थ्य संयोजकमा गरिमा घिमिरे, शिक्षा संयोजकमा सुशिल पौडेल र मिडिया संयोजकमा गणेश पोख्रेल मनोनित गरेका छन् ।

नवनिर्वाचित अध्यक्ष बेल्वासेले देशकै नमुना शाखाका रुपमा कपिलवस्तु जेसीजलाई स्थापित गर्ने गरि अघि बढ्ने बताएका छन् । उनले कपिलवस्तु जेसीजको अगुवाईमा यही बर्षमा राष्ट्रिय स्तरको कार्यक्रम गर्ने बताए । विभिन्न निकायसंग समन्वय गर्दै युवाहरुको क्षमता अभिवृद्धिसंगै युवालाई उद्यमशीलतामा जोड्ने र प्रोत्साहन गर्ने कार्यक्रम गर्ने उनले योजना सुनाए ।

बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले जेसिज युवाहरुको एक सशक्त र संगठित संस्था भएको बताए । जेसिजले यस क्षेत्रका युवाहरुको क्षमता अभिवृद्धि गरी कुशल नेतृत्व तयार गर्दै आएको भन्दै नगरप्रमुख अर्यालले खुशी व्यक्त गरे । जेसीजले पालिकासंग विगतदेखि नै सहकार्य गर्दै आएको स्मरण गर्दै उनले भने, ‘युवाहरुका क्षेत्रमा जेसीजले खेलेको भूमिका उदाहरणीय छ । अबको नेतृत्वसंग पनि पालका सहकार्य, समन्वय गर्न तयार छ ।’

बाणगंगा नगरपालिका वडा नं.१ का वडाध्यक्ष सन्जु कुमार सारु मगरले कपिलवस्तु जेसीजको भवन आफ्नै वडा रहँदा यस क्षेत्रमा धेरै सामाजिक र मानवीय कामहरु भएको बताए । उनले युवाहरुमा नेतृत्व गर्ने क्षमताको विकास गर्न जेसीजले प्रभावकारी कार्यक्रम संचालन गर्दै आएकोमा खुशी व्यक्त गरे ।

कपिलवस्तु जेसीजका निवर्तमान अध्यक्ष प्रविन पौडेलले जेसीजमा रहेर कार्यसम्पादन गर्दै जाँदा आफु समाजमा नेतृत्व गर्न सक्ने भएको बताए । उनले कपिलवस्तु जेसीजमा पछिल्ला बर्षबाट चुनौतिका रुपमा केही समस्या देखिएको भन्दै सो समस्याहरु समाधान गर्ने गरि अघि बढ्न नवनिर्वाचित नेतृत्वलाई आग्रह गरे । उनले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए ।

सो कार्यक्रममा बोल्ने वक्ताहरुले कपिलवस्तु जेसीजले आगामी दिनमा थप शसक्त रुपमा समाज रुपन्तरणमा भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम बर्ष २०२३ का अध्यक्ष अमृत घिमिरेको संचालनमा सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार