वैखरी अनलाईन, बाणगंगा ।
कपिललवस्तु जेसीजको महासचिवमा मिन बहादुर थापा मनोनित भएका छन् ।
थापालाई बर्ष २०२५ को लागि अध्यक्ष जनक बेल्वासेले विहिबार महासचिवमा मनोनित गरेका हुन् । अध्यक्ष बेल्वासेले विहिबार जेसीजको आफ्नै भवनमा भएको २५औं पदस्थापन कार्यक्रममा महासचिवसहितका पदाधिकारी मनोनित गरेका हुन् ।
महासचिव थापाले आफुले प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् । उनले अध्यक्ष बेल्वासेलाई सफल बनाउन अहोरात्र खटिने र नमुना शाखाका रुपमा कपिलवस्तु जेसीजलाई स्थापित गराउन भूमिका खेल्ने बताए ।
अध्यक्ष जनक बेल्वासले कानूनी सल्लाहकारमा हेमन्त गिरी, कोषाध्यक्षमा खिमानन्द घिमिरे, तालिम आयुक्तमा अशोक पौडेल, सचिवमा किरण घिमिरे, थीम संयोजकमा बुद्धि बहादुर रोकाया क्षेत्री, सिईएमा शंकर न्यौपाने, संघ संस्था संयोजकमा प्रवीण बस्याल, स्वास्थ्य संयोजकमा गरिमा घिमिरे, शिक्षा संयोजकमा सुशिल पौडेल र मिडिया संयोजकमा गणेश पोख्रेल मनोनित गरेको जानकारी दिए ।