गृहपृष्ठ Featured महिला स्वास्थ्य स्वयंसेविकालाई ‘साइकल उपहार’

महिला स्वास्थ्य स्वयंसेविकालाई ‘साइकल उपहार’

प्रकाशित मिति:

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २९ फागुन ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिकाले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेकाे छ । गाउँपालिकाकाे ३ र ४ नम्बर वडाका २० जना स्वास्थ्य स्वयंसेविकालाई साइकल उपलब्ध गराएको हाे । नागरिककाे सेवा प्रवाहका गर्न आवतजावतमा सहताका लागि गाउँपालपकाले उनीहरूलाई साइकल प्रदान गरिएकाे स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिए । अन्य बाँकी वडा स्वयंसेविकालाई साइकल वितरण भइसकेकाे उनले जनाए ।

गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले नागरिककाे सेवामा स्वास्थ्य स्वयंसेविकाहरुकाे अतुलनीय याेगदान रहेकाेे बताए । सरकारले दिने थाैरे सेवा सुविधाका बावजूद जनताको घर-घरमा खटिएर लागेकाे बताउँदै समाजकाे सचेततामा अहम भूमिका निर्वाह भएको भन्दै उनले प्रशंसासमेत गरे ।

रोगको प्राथमिक उपचार, खोप कार्यक्रमहरू लगायत स्वास्थ्य क्षेत्रका राष्ट्रिय कार्यक्रमहरू सञ्चालनमा सहयोग गर्ने जस्ता जिम्मेवारीहरू बहन गर्दै आएको बताउँदै पहुँच नपुगेका ग्रामीण भू-भागमा मातृशिशु स्वास्थ्य सुधार, परिवार नियोजन सेवा तथा स्वास्थ्य जनचेतना जागरणको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको अध्यक्ष थापाकाे भनाइ छ ।

यस्तै गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले विफर, हैजा लगायत विभिन्न राेग देशबाट उन्मुलन प्रायः हुनुमा पनि स्वयंसेविकाहरूको महत्वपूर्ण भूमिका रहेको बताइन् । उनले स्वयंसेविकाले पाएकाे जिम्मेवारी अनुसार सरकारले प्राेत्साहन स्वरुप सेवा सुविधाहरु पनि बृद्धि हुनुपर्ने बताइन् ।

कुल प्रजननदर घट्नु, परिवार नियोजनका साधनहरूको प्रयोग बढ्नु, तालिम प्राप्त स्वास्थ्यकर्मीको सहयोगमा सुत्केरी हुनेको संख्या बढ्नु र गर्भवतीको समयमा स्वास्थ्यकर्मीको सेवा एवं सल्लाह लिनेको संख्या बढ्नु जस्ता सूचकहरूले समेत स्वास्थ्य सेवाको प्रभावकारितामा अभिवृद्धि भएको उनको भनाइ छ ।

सम्बन्धित् समाचार