गृहपृष्ठ अन्तरास्ट्रिय खबर युरोपको रक्सीजन्य उत्पादनमा दुई सय प्रतिशतसम्म कर लगाउने अमेरिकाको चेतावनी

युरोपको रक्सीजन्य उत्पादनमा दुई सय प्रतिशतसम्म कर लगाउने अमेरिकाको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घ (ईयू) बाट आयात हुने रक्सीजन्य उत्पादनमा दुई सय प्रतिशत कर लगाउने चेतावनी दिनुभएको छ । अमेरिकी उत्पादनमा ईयूले लगाएको करको बदलामा ट्रम्पको चेतावनी आएको हो ।

इयूले ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा लगाएको करको बदलामा अप्रिलदेखि अमेरिकी सामानमा २८ अर्ब अमेरिकी डलर बराबरको कर लगाउने घोषणा गरेपछि ट्रम्पले युरोपको रक्सीजन्य उत्पादन आयातमा नयाँ करवृद्धिको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत ईयूले कर वृद्धि तत्काल नहटाए अमेरिकाले चाँडै नै फ्रान्स र अन्य प्रतिनिधित्व गर्ने देशहरूबाट आउने सबै रक्सिजन्य उत्पादनमा दुई सय प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ ।

ट्रम्पले पदभार ग्रहण गरेदेखि नै अन्तर्राष्ट्रिय प्रतिस्पर्धी र व्यापार साझेदार देशहरुमा समेत व्यापार युद्ध शुरू गर्नुभएको विश्लेषकहरुले बताउँदै आएका छन् ।

व्यापार र अन्य नीतिगत मुद्दाहरूमा विभिन्न देशहरूलाई दबाब दिने उपायका  रूपमा अमेरिकी राष्ट्रपति ट्रम्पले कर वृद्धिको प्रयोग गर्दै आउनुभएको छ ।

सम्बन्धित् समाचार