गुल्मी ।
गुल्मीमा वन डढेलो नियन्त्रण सचेतना सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ। डिभिजन वन कार्यालय गुल्मीले वन डढेलो नियन्त्रण गर्न सुरु गरेको सप्ताह कार्यक्रमको रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले शुभारम्भ गरे। उनले जिल्लाका अधिकांश वन डढेलो उच्च जोखिममा रहेकाले प्रत्येक वडा टोलका नागरिकमा सचेतना कार्यक्रम आवश्यक रहेको बताए।
नगरप्रमुख पन्थीले अघिल्लो वर्ष गुल्मी जिल्लाले भोग्नु परेको क्षतिको स्मरण गर्दै वनमा लाग्ने आगलागी र डढेलोका घटना प्राकृतिक नभई मानवीय लापरबाहीका कारण हुने गरेको बताए।
वनमा हुने आगलागी र डढेलो नियन्त्रणका लागि नगरपालिका सदैव गम्भीर र प्रतिबद्ध रहेको नगरप्रमुख पन्थीले बताए। गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिका रहेका छन्। हाल जिल्लाभर रेसुंगा नगरपालिकामा मात्रै एउटा दमकल छ।