गृहपृष्ठ Featured होली : कपिलवस्तुमा १२२ मोटरसाईकल कारबाहीमा

होली : कपिलवस्तुमा १२२ मोटरसाईकल कारबाहीमा

प्रकाशित मिति:

कपिलवस्तु । 

कपिलवस्तुमा होलीको रौनककाबीच उच्छृङ्खल गतिविधि गर्ने र मापसे गरी कुदाउने १२२ मोटरसाईकल कारबाहीमा परेका छन् ।

यो समाचार तयार पार्दासम्म १२२ ओटा मोटरसाईकललाई प्रहरी नियन्त्रणमा लिई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रहरीका अनुसार ५२ जना व्यक्तिलाई नियन्त्रणमा लिईएको छ ।

जिल्लाका विभिन्न स्थानमा प्रहरीले गरेको चेकजाँचका क्रममा यि मानिस र सवारी साधनहरू नियन्त्रणमा लिइएको हो । मादक पदार्थ सेवन गरेका र दुर्व्यवहारजस्ता कार्यमा संलग्नलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यस्तै कागजात नबोकेका तथा मादक पदार्थ सेवान गरेर चलाएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

होली पर्वको अवसरमा मानिसहरू उश्रृङ्खल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरू हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार