वैखरी , बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा आफ्नो मावल बस्दै आएकी १४ बर्षीय बालिका (परिर्वतन नाम) बलात्कृत भएको घटना बाहिरिएको छ ।
मावली घरमा बस्दै आएकी ती बालिका दाइ पर्नेले घरमा कोही नभएको मौका छोपी प्रलोभनमा पारि ल्यापटपमा फिल्म हेरौ भन्दै अश्लील भिडियो देखाई बलत्कार गरेको खुल्न आएको हो ।
२०८१ असोजबाट ल्यापटपबाट फिल्म हेरौ भनी दाइ पर्नेले ति नाबालिकलाई करणी गरेका थिए भने त्यो घटना उनको भाईले थाहा पाएपछि भाईले पनि मंसिरबाट करणी गर्ने गरेको वैखरी स्रोतले पत्ता लगाएको छ ।
हाल आएर मावल घरमा आफनो पेट दुखेको उनले बताएपछि चेकजाच तथा उपचार गर्ने क्रममा ३२ हप्ताकोृ गर्भ रहेको खुल्न आएको हो ।
दुई दाइ भाईले भुडि बोकाएपछि कसैलाई भनेमा मार्दिन्छौ भनेर डरधम्की समेत दिने गरेको खुलेको छ ।
ति दुवै दाजभाईलाई मुद्धा दर्ता भई अदालतले म्याद थप समेत गरेको छ ।