दाङ ।
नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामामा मधेश प्रदेशलाई ८३ रनले हराएसँगै लुम्बिनी प्रदेशले चौथो जित हासिल गरेको छ ।
लुम्बिनीका स्पिनरले कसिलो बलिङ गरेपछि मधेश प्रदेशले मध्यम लक्ष्य पनि जित्न सकेन ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार भएको खेलमा १५९ रनको विजयी लक्ष्य पछ्याएको मधेश प्रदेशका कुनै पनि खेलाडीले जिम्मेवारीपूर्वक ब्याटिङ गर्न नसक्दा लुम्बिनीले ८३ रनको सानदार जित निकाल्यो ।








