गृहपृष्ठ कपिलवस्तु बिशेष बुटवल–गोरुसिङ्गे–चन्द्रौंटा सडक विस्तारको काम तीब्र

बुटवल–गोरुसिङ्गे–चन्द्रौंटा सडक विस्तारको काम तीब्र

प्रकाशित मिति:

माघ ११ गते शिलान्यास भएको बुटवल–गोरुसिङ्गे सडक विस्तारको कामले गति लिएको छ । सडक विस्तारका लागि रुख कटान र बिजुलीका पोल सार्ने तथा पुल निर्माणको काम थालिएको छ ।

सडक परियोजना कार्यालयका अनुसार अहिले विभिन्न १० ठाउँमा पुल निर्माणको काम चलिरहेको छ । रुख काट्ने काम पनि अन्तिम चरणमा पुगेको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक विस्तार परियोजनाका प्रमुख एवं इन्जिनियर कुशलता न्यौपानेले बताइन् ।

परियोजनाले कपिलवस्तुमा फिल्ड कार्यालय स्थापना गरेर काम गर्दै आएको छ । वन कार्यालय रुपन्देही अन्तर्गतको क्षेत्रमा रुख कटान सम्भवतः अब एक हप्तामा सकिने र कपिलवस्तुमा विद्युत् पोल हटाउने तयारी भइरहेको न्यौपानेको भनाइ छ ।

हाल पहिलो चरण अन्तर्गत काम थालिएको छ । जसअनुसार रुपन्देहीमा ३० किलोमिटर र कपिलवस्तुमा २० किलोमिटर सडक विस्तार गरिनेछ । अर्को १९ किलोमिटर दूरीको गोरुसिङ्गे–चन्द्रौटा खण्डमा दोस्रो चरण अन्तर्गत काम थालिने जनाइएको छ ।

न्यौपानेले अहिले रुपन्देहीतर्फ ६ वटा र कपिलवस्तुतर्फ ४ ठाउँमा पुल निर्माणको काम धमाधम भइरहेको बताइन् । उनका अनुसार रुपन्देहीमा २० वटा र कपिलवस्तुमा १० वटा गरी जम्मा ३० वटा पुल निर्माण गर्नुपर्ने हुन्छ ।

रिटेनिङ वालको काम पनि सुरु भएको र कल्भर्ट निर्माण छिटै सुरु गर्ने तयारी रहेको न्यौपानेको भनाइ छ ।

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले कुल १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा सो सडक विस्तारको जिम्मा लिएको हो ।

सम्बन्धित् समाचार