सागर वि.क., वैखरी अनलाई ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले २ लाख रुपैयाँ बराबरको खाद्य सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार बाणगंगा नगरपालिका २ मा रहेको मनकामना संस्कृत गुरुकुलम नन्दनगरलाई नगरपालिकाले दाल, चालमसहितका खाद्य सामग्री हस्तान्तरण गरेको नगरप्रमुख केशवकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार नगरपालिकाले १२ क्विन्टल चामल, १५० केजी दाल, १५० केजी चिनी, ५० लिटर तेल, ५० केजी नुन, १५ केजी चियापत्ती, २५ केजी घ्यु र १२५ पिस साबुन गुरुकुलमलाई हस्तान्तरण गरेको हो ।
गुरुकुलममा अध्ययन गर्ने विधार्थीहरुलाई दैनिक खानपानमा सहजहोस् भन्ने उद्देश्यसहित खाद्यसामग्री प्रदान गरिएको उनले बताए । उनले बुद्धभूमि विकास निर्माणका कामसंगै सामाजिक काममा पनि सक्रिय रहेको बताए ।
उनले कक्षा १२ सम्म अध्ययन हुने यस गुरुकुलम समग्र कपिलवस्तुवासीकै गौरब भएको बताउँदै आगामी दिनमा पनि नगरले सहयोगलाई निरन्तरता दिने बताए । नगरप्रमुख श्रेष्ठले धर्म सस्कृति र परम्परा संरक्षणमा यस गुरुकुलले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै खुशी व्यक्त गरे । जतिसुकै विकास र समृद्धि हासिल गरेपनि आफ्नो धमर्, कला, सस्कृति र परम्परा बिर्सन नहुन उनको भनाई छ ।
गुरुकुलमका संरक्षक सन्तशिरोमणी १००८ स्वामी लोकानन्द महाराजले दान नै महादान भएको बताउँदै धर्म, सस्कृति र परम्पराको संरक्षणमा सबै निकायको सकारात्मक सहयोग आवश्यक रहेको बताए ।
धर्म, कला र सस्कृति सबै साँझा सम्पत्ति भएको उनले बताए । उनले बुद्धभूमि नगरपालिकाको नेतृत्व गुरुकुलप्रति उद्धार रहेको भन्दै खुशी हुदैं धन्यवाद दिए ।
बुद्धभूमि नगरपालिकाले मनकामना संस्कृत गुरुकुलम नन्दनगर संचालनका लागि भौतिक तथा आर्थिक रुपमै सहयोग गर्दै आएको छ ।








