मुम्बई इण्डियन्सले कोलकाता नाइट राइडर्सविरूद्ध सानदार जित निकालेको छ।
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्ग गएराति भएको खेलमा मुम्बईले कोलकाताविरूद्ध ८ विकेटको सानदार जित निकालेको हो।
साविक विजेता कोलकातालाई गएराति मुब्बईले १६.२ ओभरमा अल आउट गर्दै ११६ रनमा रोक्यो।
मुम्बईका देब्रे तीव्र गतिका बलर अश्विनी कुमारले डेब्यु खेलमै चार विकेट लिए। उनको बलिङमा कोलकाताका कप्तान अजिन्क्य रहाने, रिंकु सिंह, मनिष पाण्डे र आन्द्रे रसेल शिकार बने।
दीपक चाहरले २ तथा ट्रेन्ट बोल्ट, हार्दिक पाण्ड्या, बिग्नेश पुथुर र मिचेल सान्टनरले एक/एक विकेट लिए।
कोलकाताका लागि हिजोको खेलमा सबैभन्दा धेरै अंक्रिश रघुवंशीले २६ रन बनाए।
रियान रिकेल्टनले ६२ रन बनाए। उनले ४१ बलमा ४ चौका र ५ छक्का हाने। विल ज्याक्सले १६ रन बनाए।
सूर्यकुमार यादव ९ बल खेल्दै २७ रन बनाएर नट आउट रहे। उनले ३ चौका र २ छक्का हाने।
कोलकाताका आन्द्रे रसेलले २ विकेट लिए।
आइपिएलको जारी सिजनमा मुम्बईको यो पहिलो जित हो।
मुम्बई आफ्नो पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग र दोस्रो खेलमा गुजरात टाइटन्ससँग पराजित भएको थियो।
कोलकाताको यो दोस्रो हार हो। यसअघि पहिलो खेलमा बेंग्लुरूसँग पराजित भएको थियो। दोस्रो खेलमा राजस्थान रोयल्सलाई पराजित गरेको थियो।








