गृहपृष्ठ Featured पहिलो नम्बरको लिभरपुललाई थप अग्रता

पहिलो नम्बरको लिभरपुललाई थप अग्रता

इङ्लिस प्रिमियर लिग (इपिएल) को लिग लिडर लिभरपुलले उपाधि अभियानलाई थप सहज बनाउँदै पहिलो स्थानको अग्रतालाई थप मजबुत बनाएको छ ।

बुधवार राती भएको खेलमा एभर्टनलाई १-० गोलले पराजित गर्दै लिभरपुलले यो सिजनको लिग जित्ने अभियानलाई थप बलियो बनाएको छ ।

घरेलु मैदान एनफिल्डमा निकै आक्रामक प्रस्तुत भए पनि लिभरपुलले जोटाको एक गोल मार्फत जित हासिल गर्दै दोस्रो स्थानको आर्सनल भन्दा १२ अङ्कको अग्रता कायम गरेको छ ।

३० औँ चरणको खेल सकिदा १२ अङ्कको अग्रता कायम गरेको लिभरपुललाई अब बाँकी रहेको ८ खेल मध्य कम्तीमा ४ खेलमा जित हासिल गर्न सके च्याम्पियन बन्ने ढोका खुल्नेछ ।

तेस्रो स्थानको नटिङ्घम भन्दा लिभरपुल १६ अङ्कले अगाडि छ । गएराति नै भएको अर्को खेलमा लेस्टर सिटीलाई २-० ले पराजित गर्दै म्यानचेस्टर सिटीले चौथो स्थान कब्जा गरेको छ ।

उपाधि होडबाट करिब बाहिरिइसकेको सिटीले आगामी सिजन कम्तीमा च्याम्पियन्स लिग खेल्नको लागि बाकी हरेक खेलमा अङ्क बटुल्नुपर्ने बाध्यताबिच गएरातिको खेलमा सफलता प्राप्त गरेको हो ।

सम्बन्धित् समाचार