गृहपृष्ठ Featured शीर्ष स्थानको लिभरपुललाई झड्का

शीर्ष स्थानको लिभरपुललाई झड्का

इङ्लिस प्रिमियर लिगअन्तर्गत लिग लिडर लिभरपुललाई फुलहामले स्तब्ध पारेको छ । गए राति भएको खेलमा फुलहामले लिभरपुलविरुद्ध ३-२ को जित निकालेको हो ।

खेलको १४औँ मिनेटमा एलेक्सिस माक एलिस्टरले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, २३औँ मिनेटमा फुलहामका लागि रियान सेसेग्ननले बराबरी गोल फर्काए ।

त्यस्तै ३२औँ मिनेटमा फुलहामका लागि एलेक्स वोबीले गोल गर्दै टिमलाई २-१ को अग्रता दिलाउँदा ३७औँ मिनेटमा रोड्रिगो मुनिजले गोल गर्दै लिभरपुलविरुद्ध ३-१ को अग्रता दिलाए ।

७२औँ मिनेटमा लिभरपुलका लुइज डाइजले गोल गरे पनि पराजय टार्न सकेनन् । यससँगै लिभरपुल फुलहामसँग ३-२ ले स्तब्ध बन्न पुगेको हो ।

अंकतालिकामा भने लिभरपुल शीर्ष स्थानमा यथावत छ । फुलहाम भने आठौँ स्थानमा छ ।

सम्बन्धित् समाचार