गृहपृष्ठ Featured लुम्बिनी प्रदेशस्तरीय टी-२० क्रिकेट सुरू

लुम्बिनी प्रदेशस्तरीय टी-२० क्रिकेट सुरू

दाङ ।

लुम्बिनी प्रदेशस्तरीय टी-२० क्रिकेट प्रतियोगिता सोमबारदेखि लमही र घोराहीमा सुरू भएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्‌को आयोजना तथा दाङ जिल्ला क्रिकेट संघको व्यवस्थापनमा सुरु भएको प्रतियोगितामा दाङ रोल्पालाई १० विकेटको प्रभावशाली जित हासिल गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

घोराही–१७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा रोल्पाले दिएको २६ रनको सामान्य लक्ष्य दाङले ४ दशमलव २ ओभरमा बिना विकेटको क्षतिमा २७ रन बनाउँदै सेमिफाइनलमा पुगेको छ ।

दाङका लागि कप्तान सुशान्तसिंह थापाले १३ बलमा ३ चौकासहित १३ रन र आकाश पाण्डेले १३ बलमा ३ चौकासहित १४ रन जोड्दै सहज जित दिलाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रोल्पाले बिर्सनलायक प्रदर्शन गर्‍यो ।

सम्बन्धित् समाचार