स्पेनिस ला लिगामा लेगान्स र ओसासुना बराबरीमा रोकिएका छन् । गए राति भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो ।
खेलको ४९औँ मिनेटमा ओसासुनाका जोर्गे हेरान्डोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, ८७औँ मिनेटमा पाएको पेनाल्टी लेगान्सका डानी राबाले सदुपयोग गरेसँगै खेल बराबरीमा सकिएको हो ।
अंकतालिकामा ओसासुना १३औँ स्थानमा रहँदा लेगान्स १८औँ स्थानमा छ । शीर्ष स्थानमा बार्सिलोना छ भने दोस्रो स्थानमा रियल मड्रिड छ ।
त्यस्तै तेस्रो स्थानमा एट्लेटिको मड्रिड, चौथो स्थानमा एथ्लेटिक क्लब र पाँचौँ स्थानमा भिल्लारियल रहेको छ ।








