इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । गए राति भएको खेलमा बैंगलुरुले १२ रनको जित निकालेको हो ।
सुरुवाती ब्याटिङ गरेको बैंगलुरुले निर्धारित २० ओभरमा २२१ रन बनाएको थियो । जबाफी ब्याटिङमा उत्रिएको मुम्बई ९ विकेट गुमाउँदै २०९ रनमा समेटिएपछि बैंगलुरुले १२ रनको जित निकालेको हो ।
यससँगै जारी सिजनमा बैंगलुरुले ४ खेल खेलेकोमा ३ मा जित निकालेको छ । गुजरात टाइटन्ससँग पराजय व्यहोरेको बैंगलुरुले कोलकाता नाइट राइडर्स र चेन्नई सुपरकिङ्सविरुद्ध यसअघि नै जित निकालेको छ ।
उता जारी सिजनमा मुम्बई इन्डियन्सले भने खराब प्रदर्शन गरेको छ । हालसम्म ५ खेल खेलेको मुम्बई चार खेलमा पराजित भइसकेको छ ।
मुम्बईले कोलकाता नाइट राइडर्सलाई पराजित गर्दा चेन्नई सुपर किङ्स, गुजरात टाइटन्स, लखनउ सुपर जायन्ट्स र बैंगलुरुसँग पराजय ब्यहोरेको हो ।








