गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा नयाँ बर्षको शुभकामनासंगै भित्तेपात्रो विमोचन

कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा नयाँ बर्षको शुभकामनासंगै भित्तेपात्रो विमोचन

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तु उद्योग बाणिज्य संघले भित्तेपात्रो विमोचन गरेको छ । मंगलबार संघको सभाहल चारनम्बरमा नयाँ बर्ष २०८२ सालको भित्तेपात्रो विमोचनसंगै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको महासचिव नवदत्त घिमिरेले जानकारी दिए ।

उनका अनुसार संघका अध्यक्ष गणेश बहादुर क्षेत्री, प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, संघका निवर्तमान अध्यक्ष, पूर्वअध्यक्षहरु, सल्लाहकार लगायतले संयुक्त रुपमा भित्तेपात्रो विमोचन गरेका हुन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले व्यवसायीहरुसंग सहकार्य गरेर व्यवसायिक समस्या समाधान गर्न लाग्ने प्रतिवद्धता जनाए । उनले खुला सिमानाकाले यहाँका व्यवसायीहरु मर्कामा परेको गुनासो आफुलाई अवगत भएको भन्दै सिमा क्षेत्रमा सुरक्षा व्यवस्था थप कडाई गर्ने बताए ।

भारतसंगको खुला सिमाले व्यवसायिक क्षेत्रमा भएको क्षतिलाई न्युनीकरण गर्न राज्य संयन्त्र सक्रिय भएर लागेको बताउँदै उनले भने, ‘समुदाय, नागरिक स्वयम् सचेत भएर सिमानाकाबाट तस्करी गर्नेहरुका बारेमा समयमै सुरक्षा निकायलाई सुचना दिएर सहयोग गर्नुपर्छ ।’

उनले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनेदेखि यस क्षेत्रका व्यवसायीहरुलाई सहजीकरण गर्न आफुले सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।

संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले कपिलवस्तु उद्योग बाणिज्य संघले निरन्तर व्यवसायीको हिकहितको पक्षमा काम गर्दै आएको बताए । उनले भारतीय सिमाबाट हुने खुलेआम तस्करीलाई नियन्त्रण गर्नुपर्ने बताउँदै घुम्ती व्यवसायीहरुलाई समेत नियमन गरेर कानुनी दायरामा ल्याउनुपर्ने बताए ।

उनले युवा पुस्ता लागुऔषध र सवारी दुर्घटनाको शिकार भईरहेकोमा चिन्ता व्यक्त गर्दै यसको समाधानका लागि खुला रुपमा बहस गरि ठोस कदम चाल्नुपर्ने बताए । उनले लागुऔषध नियन्त्रणका क्षेत्रमा काम गर्ने संघसंस्थालाई संघले निरन्तर सहयोग प्रदान गर्दै आएको बताए । अध्यक्ष क्षेत्रीले नयाँ बर्षको शुभकामना दिदैं क्यालेण्डर विमोचन विगतका बर्षहरुको निरन्तरता भएको बताए ।

कार्यक्रममा बोल्दै संघका पूर्वअध्यक्षहरु विष्णु प्रसाद न्यौपाने, उमानाथ पौडेल, सल्लाहकार शक्तिसिंह ठकुरी, समाजसेवीहरु दोलकबहादुर पछाई, विष्णु थापा लगायतका वक्ताहरुले देशमा लगानीमैत्री वातावरण नहुँदा व्यवसायीहरु प्लायन भईरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । खुलासिमाबाट हुने खुलेआम तस्करीलाई यथाशिघ्र रोक्न उनीहरुले सिडिओ तामाङलाई ठोस कदम चाल्न आग्रह समेत गरे ।

संघका महासचिव नवदत्त घिमिरेको संचालनमा सम्पन्न उक्त कार्यक्रममा क्यालेण्डर प्रकाशन समितिका संयोजक खिमानन्द घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।

सम्बन्धित् समाचार