गृहपृष्ठ कपिलवस्तु बिशेष सडक खाना महोत्सवको फोहोर उठाएर नयाँ बर्षको सुरुवात

सडक खाना महोत्सवको फोहोर उठाएर नयाँ बर्षको सुरुवात

प्रकाशित मिति:

कपिलवस्तु ।

ग्यालेक्सी युथ क्लबले कपिलवस्तुको चार नम्बर जितपुरमा सडक खाना महोत्सवमा भएको फोहोर उठाएर नयाँ बर्ष २०८२ सालको सुरुवात गरेको छ । क्लबका सदस्यहरुले सडक खाना महोत्सवका क्रममा भएको फोहोर एकाविहानै उठाएर नयाँको बर्षको पहिलो दिनको सुरुवात गरेका हुन् ।

क्लबका अध्यक्ष अमृत गिरीका अनुसार सफाईको क्रममा एक क्विन्टल भन्दा बढी फोहोर व्यवस्थापन गरिएको जानकारी दिए ।

स्थापनाको छोटो समयमा कपिलवस्तुमा सामाजिक कार्यका लागि पहिचान बनाएको ग्यालेक्सी युथ क्लबले यस्तै सहयोगी अभियानका साथै सरसफाई अभियान समेत गर्दै आएको छ ।

क्लबले कपिलवस्तुमा सरसफाई अभियानका साथै दुखमा परेकाहरुका लागि सहयोगी हात बनेर काम गरिरहेको छ । केहि दिन अघि मात्र बोनम्यारो क्यान्सरबाट पिडित ६ बर्षिय माहिरा विश्वकर्माको सहयोगार्थ रकम संकलन अभियान चलाएर एक लाख ३१ हजार ४५२ रुपैयाँ उनका पिता मनु विश्वकर्मालाई हस्तान्तरण गरेको थियो ।

क्लबका अध्यक्ष गिरीले यी बाहेक बालबालिकाको क्षेत्रमा काम गर्ने गरी योजना बनाइरहेको बताए ।

क्लबमा हाल ७२ सदस्य रहेका छन् भने सदस्य बढ्नेक्रम जारी रहेको गिरीले जानकारी गराएका छन् ।

सम्बन्धित् समाचार