गृहपृष्ठ खबर सनराइजर्समाथि मुम्बई इण्डियन्सको ४ विकेटको जित

सनराइजर्समाथि मुम्बई इण्डियन्सको ४ विकेटको जित

काठमाडौं ।  मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ ।

 

 

जारी आइपिएल अन्तगत गएराती सम्पन्न खेलमा मुम्बईले सनराइजर्सलाई ४ विकेटले पराजित गरेको हो । सनराइजर्सले दिएको १६३ रनको लक्ष्य पछाएको मुम्बईले १८.१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

 

मुम्बईको जितमा विल ज्याकले ३६, रयान रिकेलटनले ३१, रोहित शर्मा र सूर्यकुमार यादवले २६-२६ रन बनाएका थिए ।

 

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ५ विकेट गुमाउदै १६२ रन बनाएको थियो ।

 

यो यस सिजनमा मुम्बईको तेस्रो जित हो ।  ७ खेलमा ३ जित र ४ हारसहित मुम्बईको ६ अंक भएको छ ।  त्यस्तै सनराइजर्सले भने पाँचौं हार बेहोरेको छ । ७ खेलमा २ खेल जितेको सनराइजर्सको ४ अंक रहेको छ ।

 

आइपिएल अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलुरु र पञ्जाव किंग्सबीच खेल हुदैछ ।

सम्बन्धित् समाचार