गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुकी संचिताले बनाएको पेन्टिङ उत्कृष्ट सूचीमा !

कपिलवस्तुकी संचिताले बनाएको पेन्टिङ उत्कृष्ट सूचीमा !

सानैदेखि पेन्टिङमा रमाउने कपिलवस्तुकी संचिता अग्रहरि मनभित्रैबाट सोचेको विषय पढ्न पाएर उत्कृष्ट विद्यार्थी बन्न पाएकोमा निकै खुसी छन् । कपिलवस्तु नगरपालिका- २ जमुवारटोलमा जन्मिएकी उनी अहिले भारतको दिल्लीस्थित कोलाज आँफ आर्टमा फाइन आर्ट विषयमा स्नातक तहमा अध्ययनरत छन् ।

तर, उनले बनाएको पेन्टिङ्ग अहिले भारतको राष्ट्रपति भवनमा गरिएको प्रदर्शनीमा उत्कृष्ट सूचीमा परेपछि उनलाई धेरै हौसला मिलेको छ । संचिताको मेहनत भारतका उत्कृष्ट १५ पेन्टिङमा छनौट भएपछि भारतीय राष्ट्रपति कार्यालयमा कला प्रदर्शनीमा राखिएपछि सन्चिता, उनको परिवार निकै खुसी बनेका छन् ।

गतवर्ष भारतको नेशनल ग्यालरी अफ मोर्डन आर्टको आयोजनामा “विजन द्दण्द्धठः विकसित भारत” शिर्षकमा दिल्लीस्थित पुरानो किलामा आर्ट क्याम्प आयोजना गरिएको थियो । क्याम्पमा संचितासहित २ हजारभन्दा बढी चित्रकार कलाकारले दिइएको शिर्षकमा केनभास पेन्टिङ बनाएका थिए ।

संचिताले ४ घण्टाको अवधिमा आर्ट क्याम्पमा क्यानभास पेन्टिङ्ग तयार पारेकी थिइन् । तयार पारिएको पेन्टिङ्ग नेशनल ग्यालरी अफ मोर्डन आर्टमा दर्ता गराइएपछि २ हजारभन्दा बढी सहभागीमध्ये १५ जना महिला चित्रकारको पेन्टिङ्ग उत्कृष्टमा छनौट भएका थिए । छनौटमा परेका पेन्टिङ्गहरुलाई भारतको राष्ट्रपति भवन परिसरमा कला प्रदर्शनीको आयोजना गरी प्रदर्शन गरिएको थियो ।

२५ वर्षीया संचितालाई पेन्टिङ्गमा सानैदेखि रुची थियो । बुवा लवकुश, आमा मिथिलेश नन्दनी र ठूलो दाइ डाक्टर आनन्दकुमार अग्रहरिले उनको चाहनालाई बुझेर सधै उत्प्रेरणा दिँदै आएका थिए ।

बुवाआमाको ७ छोराछोरी रहेका अग्रहरि परिवारमा सबैले आफ्नो कलालाई सधै सम्मान गरेको उनको बुझाई छ ।

सम्बन्धित् समाचार