गृहपृष्ठ Featured लखनउ दिल्लीसँग ८ विकेटले पराजित

लखनउ दिल्लीसँग ८ विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ । गए राति भएको खेलमा दिल्ली ८ विकेटले विजयी भएको हो ।

सुरुवाति ब्याटिङ गरेको लखनउनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १७.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

अंकतालिकामा दिल्ली दोस्रो स्थानमा छ भने लखनउ पाँचौँ स्थानमा छ । ८ खेल खेलेको दिल्ली ६ खेलमा विजयी हुँदा ९ खेल खेलेको लखनउले ५ जित निकालेको छ । गुजरात शीर्ष स्थानमा रहँदा रोयल च्यालेन्जर्स बैंगलुरु तेस्रो तथा पन्जाब किङ्स चौथो स्थानमा छन् ।

आईपीएलमा आज राति पौने ८ बजे सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्स आमनेसामने हुँदै छन् ।

सम्बन्धित् समाचार