गृहपृष्ठ Featured लुम्बिनी प्रदेश सभा : जनमुखी नीति कार्यक्रम र बजेट ल्याउन सुझाव

लुम्बिनी प्रदेश सभा : जनमुखी नीति कार्यक्रम र बजेट ल्याउन सुझाव

प्रकाशित मिति:

लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन बुधबारबाट सुरु भएको छ।

प्रदेश सभाको छैटाैँ अधिवेशनको पहिलो बैठकमा दलका तर्फबाट शुभकामना व्यक्त गर्ने क्रममा बजेटका बारेमा चर्चा भएको छ। बैठकमा प्रदेश प्रमुखबाट प्राप्त पत्रहरूबारे सभामुख तुलाराम घर्तीमगरले सदनलाई जानकारी दिए भने संसदमा प्रतिनिधित्व गर्ने दलका तर्फबाट अधिवेशन सफलताको शुभकामनासहित समसामयिक विषयमा सांसदहरुले धारणा राखे।

दिउँसो १ बजे सुरु भएको बैठकमा सत्ता तथा प्रतिपक्ष दलका सांसदहरूले नीति कार्यक्रम र बजेट जनमुखी बन्नुपर्नेमा जोड दिएका छन्। नीति कार्यक्रम र बजेट ल्याउँदा सरकारले आवश्यक तयारी गरेर प्रदेशको विकासलाई ध्यान दिएर ल्याउन उनीहरूको सुझाव छ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारूले नीति तथा कार्यक्रम र बजेटका लागि सरकारले आवश्यक तयारी नगरेको भन्दै तयारीका साथ प्रदेशको विकासमा योगदान पुग्ने गरी बजेट ल्याउन आग्रह गरे। बजेट र नीति कार्यक्रमबिच तालमेल हुनुपर्ने उनको धारणा छ। उनले प्रदेशको आर्थिक सर्वेक्षणमा आधारित नीति तथा कार्यक्रम ल्याइनुपर्नेमा जोड दिए।

जनमत पार्टी संसदीय दलका नेता चन्द्रकेश गुप्ताले युवा, दलित, बेरोजगार, किसानलगायतको समस्या समाधान गर्न मद्दत मिल्ने बजेट ल्याउन सुझाव दिए। उनले सदनमा उठेका आवाजहरूको जवाफ समयमै आउनुपर्ने धारणा राखेका थिए।

सम्बन्धित् समाचार