गृहपृष्ठ Featured नेपाललाई थाइल्यान्डले ७८ रनले हरायो

नेपाललाई थाइल्यान्डले ७८ रनले हरायो

प्रकाशित मिति:

काठमाडौं ।

 आईसीसी महिला टी–२० क्रिकेट विश्वकपको एशिया छनोटअन्तर्गत ‘सुपर थ्री’ को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ। टेर्डथाई क्रिकेट मैदानमा भएको खेलमा थाइल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा २ विकेटको क्षतिमा १५८ रन बनायो। उसका लागि नाट्या बोचाथम र नन्नापट कोन्चारोन्काईले अर्धशतक प्रहार गरे। नेपालका तर्फबाट राजमती ऐरी र मनिषा उपाध्यायले समान एक–एक विकेट लिए।

१५९ रनको चुनौती पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै केवल ८० रनमा सीमित रह्यो। नेपालका लागि कविता कुँवरले सबैभन्दा धेरै २४ रन बनाइन्। थाइल्यान्डकी ओनिचा कम्चोम्फुले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ह्याट्रिकसहित ४ विकेट लिइन्।

यद्यपि नेपाल र थाइल्यान्ड दुवै टोली यसअघि नै एशियाली क्षेत्रको प्रतिनिधित्व गर्दै महिला टी–२० विश्वकपको ग्लोबल छनोट चरणमा पुगिसकेका छन्। अब यी टोलीहरू विश्वकप छनोटमा अन्य क्षेत्रीय विजेतासँग प्रतिस्पर्धा गर्नेछन्, जहाँ १० टोलीमध्ये शीर्ष ४ टोलीले सन् २०२६ मा इंग्ल्यान्डमा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकपमा स्थान बनाउनेछ।

सम्बन्धित् समाचार