गृहपृष्ठ Featured टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशमाथि युएईको ऐतिहासिक जित

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशमाथि युएईको ऐतिहासिक जित

युएईले बंगलादेशविरूद्ध टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक जित निकालेको छ। सोमबार राति शारजाहमा भएको तीन खेलको सिरिजको दोस्रो खेलमा बंगलादेशमाथि युएईले २ विकेटको जित निकालेको हो।

युएईले बंगलादेशमाथि पहिलो पटक जित निकाल्ने क्रममा २०६ रनको लक्ष्य ८ विकेट गुमाएर अन्तिम बल खेल्न बाँकी छदा पूरा गर्‍यो।

युएईको जितमा कप्तान मुहमद वासीमले ४२ बलमा ९ चौका र ५ छक्काको मद्दतमा ८२ रन बनाए। हैदर अलीले ६ बलमा १ छक्काको मद्दतमा जोडेको नटआउट १५ रन पनि जितको आधार बनाएको थियो। यस्तै अन्तिम ओभरमा आउट भएका ध्रुव परासरले ७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै  ११ रन बनाए।

त्यसअघि कप्तान वासीम र जाहाइबबीच पहिलो विकेटका लागि १०.१ ओभरमा १०७ रनको साझेदारी भयो। जाहाइबले ३४ बलमा ३८ रन जोडे।

बलिङमा बंगलादेशका शोरिफुल इस्लाम, नहिद राना र रिशद हुसेनले २-२ विकेट लिए।

पहिले ब्याटिङ गरेको बंगलादेशले तान्जिन हसनको ५९ रन र  तोहिद हृदोयको ४५ रनको मद्दतमा ५ विकेटको क्षतिमा २०५ रन जोडेको थियो।

यसअघि पहिलो खेलमा बंगलादेश विजयी भएको थियो। अब निर्णायक तेस्रो खेल बुधबार हुनेछ।

सम्बन्धित् समाचार