गृहपृष्ठ खबर आईपीएल क्रिकेटमा आज पुछारका दुई टोली चेन्नई र राजस्थान खेल्दै

आईपीएल क्रिकेटमा आज पुछारका दुई टोली चेन्नई र राजस्थान खेल्दै

प्रकाशित मिति:

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पुछारका दुई टोली चेन्नई सुपर किङ्ग्स र राजस्थान रोयल्स खेल्दैछन् ।

याे खेल दिल्लीमा नेपाली समयानुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । अहिलेसम्म १३ खेल खेलेको राजस्थान ६ अङ्कका साथ तालिकाको नवौं स्थानमा छ । त्यस्तै १२ खेलमा चेन्नई ६ अङ्कसहित पुछारमा छ ।

हिजो भएको खेलमा लखनउ सुपर जायन्ट्स सनराइजर्स हैदराबादसँग पराजित हुँदै प्लेअफ दौडबाट बाहिरिएकाे छ ।

अब दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स मात्रै प्लेअफ दौडमा छन् । गुजरात टाइटन्स, राेयल च्यालेन्जर्स बेङ्गलुरु र पन्जाब किङ्ग्स यसअघि नै प्लेअफमा पुगिसकेका छन् ।

सम्बन्धित् समाचार