गृहपृष्ठ अन्तरास्ट्रिय खबर पुच्छ्रेताराकाे अध्ययन तथा नमूना सङ्कलन गर्न चीनले ‘तियानवेन–२’ अन्तरिक्षयान प्रक्षेपण गर्दै

पुच्छ्रेताराकाे अध्ययन तथा नमूना सङ्कलन गर्न चीनले ‘तियानवेन–२’ अन्तरिक्षयान प्रक्षेपण गर्दै

चीनले ‘तियानवेन–२’ नामक अन्तरिक्षयान पर्सि बिहीवार प्रक्षेपण गर्ने घोषणा गरेको छ । यो यानले पृथ्वीको नजिक रहेको एउटा क्षुद्रग्रह तथा ग्रहहरूबीच रहेको एउटा अनौठो पुच्छ्रेताराको अध्ययन तथा नमूना सङ्कलन गर्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

‘२०१६ एच ओ ३’ नामक क्षुद्रग्रह सन् २०१३ मा हवाई टापुमा रहेको एउटा तारादर्शक यन्त्रले पत्ता लगाएको थियो । ‘तियानवेन–२’ चीनको दोस्रो अन्तरिक्ष अन्वेषण मिसन हो जसले पृथ्वी नजिकको क्षुद्रग्रहबाट नमूना सङ्कलन गर्ने र ग्रहपथको पुच्छ्रेताराको अध्ययन गर्ने उद्देश्य राखेको छ ।

क्षुद्रग्रहहरूमा अत्यन्त पुराना र जस्ताको तस्तै रहेका तत्त्वहरू हुने भएकाले ती सौर्यमण्डलको शुरुआती अवस्था बुझ्नका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । वैज्ञानिकहरूले यस्ता नमूनाहरूको प्रयोग गरेर पृथ्वी, चन्द्रमा, ग्रह र अन्य आकाशीय पिण्डहरूको उत्पत्ति, विकास र रासायनिक संरचना बुझ्ने प्रयास गर्छन् ।

यस्ता अध्ययनले भविष्यमा पृथ्वीमा ठोक्किन सक्ने सम्भावित खतराहरूको पहिचान तथा अन्तरिक्षमा खनिज खोज्ने सम्भावनालाई समेत सहयोग पुग्ने खबरमा उल्लेख छ ।

चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनका अनुसार ‘तियानवेन–२’ यानले यसअघि सबै पूर्वनिर्धारित प्रक्रिया जडान, परीक्षण, इन्धन भर्ने कार्य, स्थान परिवर्तन, कार्यसामर्थ्य जाँच र संयुक्त परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

सम्बन्धित् समाचार