कपिलवस्तु, ।
लोकतन्त्रवादी पत्रकारहरूको छाता संस्था नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत कपिलवस्तु अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको छ।
कार्यक्रममा कपिलवस्तु नगरपालिका–३ का वडा अध्यक्ष प्रकाश गैरे, वडा नं. २ का पूर्व अध्यक्ष रामभजन कलवार, लुम्बिनी विकास कोषका परिषद सदस्य गोपीकृष्ण शर्मा, प्रेस युनियन कपिलवस्तुका पूर्व अध्यक्ष मनोज पौडेल, महासंघका पूर्व अध्यक्ष किरणमान बज्राचार्य, युनियनका जिल्ला अध्यक्ष खग प्रसाद चापागाई, कोषाध्यक्ष बृजेश कुमार जयसवाल, नेविसंघका पूर्व जिल्ला अध्यक्ष राकेश पाण्डेय, महासंघका सहसचिव कृष्णप्रसाद पौडेल र नारद कोहार, साथै पत्रकारहरू विनोद अधिकारी, शत्रुघन खरबिन्द, हनुमान पाण्डेय, अनिल मल्ललगायतको सहभागिता रहेको थियो।
उनीहरूले अस्पतालमा भर्ना भएका २५ जना बिरामीलाई फलफूल वितरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष प्रकाश गैरेले प्रेस युनियनले सञ्चार क्षेत्रमा मात्र होइन, सामाजिक उत्तरदायित्व वहन गर्ने काम पनि गरिरहेको उल्लेख गर्दै यस्ता कार्यले संस्थाको मानवीय पक्षलाई उजागर गर्ने बताए।
युनियनका जिल्ला अध्यक्ष खग प्रसाद चापागाईका अनुसार ३४ औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम साताव्यापी रूपमा सञ्चालन गरिनेछ।








