गृहपृष्ठ Featured आज बजेट सार्वजनिक हुँदै : तीन करोड रुपैयाँभन्दा कमका आयोजना नराखिने

आज बजेट सार्वजनिक हुँदै : तीन करोड रुपैयाँभन्दा कमका आयोजना नराखिने

काठमाण्डौ – सरकारले आज आउँदो आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दैछ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा दिउँसो ३ बजे बजेट पेश गर्ने कार्यक्रम छ ।

राष्ट्रिय योजना आयोगअन्तर्गतको राष्ट्रिय स्रोत अनुमान समितिले १९ खर्ब ६५ अर्ब रुपैयाँको बजेट बनाउने गरी सीमा दिएकोमा यही हाराहारीमा बजेट ल्याउन लागिएको छ ।

चालू आर्थिक वर्षको बजेट शुरूमा १८ खर्ब ६० अर्ब रुपैयाँको ल्याइएकोमा आम्दानी र खर्चको लक्ष्य नभेटिने भएपछि अर्धवार्षिक समीक्षामार्फत घटाएर १६ खर्ब ९२ अर्ब रुपैयाँमा झारिएको थियो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई साकार पार्ने, आर्थिक सुधारलाई प्राथमिकता दिने र सामाजिक सुरक्षालाई सुदृढ गर्ने लक्ष्यसहित बजेट ल्याउने सरकारको तयारी छ ।

आउँदो बजेट अर्थतन्त्रको वृद्धिदरलाई उच्च महत्त्वमा राखेर ल्याइने अर्थमन्त्री पौडेलले यसअघि नै सार्वजनिक रूपमा प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बजेटमा नयाँ आयोजना थप्नेभन्दा पनि पुराना आयोजना सम्पन्न गर्ने गरी विनियोजन हुने पनि उहाँले बताउनुभएको थियो ।

सम्बन्धित् समाचार