गृहपृष्ठ Featured आईपीएलको उपाधिका लागि बेंगलुरु र पञ्जाब भिड्दै

आईपीएलको उपाधिका लागि बेंगलुरु र पञ्जाब भिड्दै

२० जेठ, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आज मंगलबार समापन हुँदैछ । फाइनल खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स भिड्दै छन् ।

दुवै टोली पहिलो उपाधि जित्ने होडमा छन् । फाइनल खेल बेलुका पौने ८ बजेदेखि अहमदाबादस्थित विश्वकै ठुलो नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुनेछ ।

बेंगलुरुले पहिलो क्वालिफायरमा पञ्जाबलाई हराएर फाइनलमा स्थान बनाएको थियो । पराजित पञ्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराएर फाइनलमा फेरि बेंगलुरुसँगको भिडन्त पक्का गर्‍यो ।

लिग चरणमा समान खेलबाट समान नतिजा र अंक बटुलेका यी दुई टोलीबीच नेट रनरेटको मात्र फरक रहँदा पञ्जाब शीर्षमा फिनिस गरेको थियो भने बेंगलुरु दोस्रोमा रहेको थियो ।

सम्बन्धित् समाचार