गृहपृष्ठ Featured जोर्डन र उज्वेकिस्तान पहिलोपटक विश्वकपमा छनोट

जोर्डन र उज्वेकिस्तान पहिलोपटक विश्वकपमा छनोट

काठमाडौं ।

दुई एसियाली मुलुक जोर्डन र उज्वेकिस्तानले पहिलोपटक फिफा विश्वकपमा स्थान बनाएका छन् ।

बिहीबार भएको खेलमा जित निकाल्दै यी दुई टोलीले विश्वकपमा स्थान बनाएका हुन् । यस्तै, एसियाली ‘पावर हाउस’ दक्षिण कोरियाले पनि आगामी वर्ष हुने विश्वकपमा स्थान बनाएको छ ।

बिहीबारको खेलमा जोर्डनले ओमानविरुद्ध ३–० को सहज जित निकाल्यो । उज्वेकिस्तानले युनाइटेड अरब इमिरेट्स (यूएई)सँग गोलरहित बराबरी खेल्दा दक्षिण कोरियाले इराकलाई २–० ले हराउँदै विश्वकपमा स्थान पक्का गरेको हो ।

फिफा विश्वकपको इतिहासमा उज्वेकिस्तान छनोट हुने ८१औँ र जोर्डन ८२औँ नयाँ राष्ट्र हो । योसँगै आगामी वर्ष अमेरिका, मेक्सिको र क्यानडामा हुने प्रतियोगितामा छनोट हुने राष्ट्रको संख्या १० पुगेको छ ।

यी तीनबाहेक हालसम्म तीन आयोजकसँगै साविक विजेता अर्जेन्टिना, जापान, न्युजिल्यान्डले इरानले विश्वकपमा स्थान सुनिश्चित गरेका छन् ।

सम्बन्धित् समाचार