गृहपृष्ठ कपिलवस्तु बिशेष महाराजगञ्जको निति तथा कार्यक्रम ः शिक्षा, स्वास्थ्य र कृषीलाई प्राथमिकता

महाराजगञ्जको निति तथा कार्यक्रम ः शिक्षा, स्वास्थ्य र कृषीलाई प्राथमिकता

वैखरी अनलाइन, महाराजगञ्ज ।
कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकाको १७ औँ नगर सभा सुरु भएको छ । पालिकाको सभा हलमा नगर सभा सुरु भएको हो ।
सभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले आर्थिक बर्ष २०८२÷८३ मा शिक्षा, स्वास्थ्य र कृषी क्षेत्रलाई प्राथमिकता दिदै निति तथा कार्यक्रम प्रस्तुत गरेका छन ।

 

भौतीक पुर्वाधार क्षेत्रको बिकासले मात्र नगरको समग्र बिकासमा टेवा नपुग्ने जिकिर गर्दै आगामी आर्थिक बर्षमा शिक्षा, स्वास्थ्य र कृषीलाई प्राथमिकता दिइएको उनले बताए ।

साथै एक नगर एक अस्पतालको अवधारणाको कार्यन्वयन गर्ने , सिचाई पुर्वाधार बिकासमा जोड दिने , छप्परमुक्त नगर कार्यक्रमलाई निरन्तरता दिने , किच्चडमुक्त सडक अभियानलाई निरन्तरता दिने, बिषयगत शाखाबाट सञ्चालित कार्यक्रमलाई दिगोपना दिने, शैक्षिक गुणस्तर बिकासमा जोड दिई नगर शिक्षक अनुदान कार्यक्रमलाई निरन्तरता दिने कुरा प्राथमिकता साथ निति तथा कार्यक्रममा समावेश गरीएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रेग्मीले बताए ।

यसैबिच ६ वटा बर्थिग सेन्टरमा २४ घण्टे प्रसुती सेवा सञ्चालनलाई निरन्तरता दिने कार्यक्रमलाई प्राथमिकताका साथ निति तथा कार्यक्रममा उल्लेख गरीएको उनले बताए ।

सो अवसरमा उप प्रमुख रिता कुमारी कुर्मी, वडा नः १ का वडाध्यक्ष प्रमोद चौधरीले शुभकामना मन्तब्य राख्दै पालिकाको बिकासमा सबै एकजुट भएर लाग्नु पर्ने बताए ।

सभा सञ्चालन पालिकाका एम. आइ.एस. अपरेटर बृजेश यादवले गरेका थिए ।

 

सम्बन्धित् समाचार