फिफा क्लब विश्वकप फुटबलमा युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले फाइनलमा स्थान पक्का गरेको छ।
स्पेनीस दाबेदार रियल म्याड्रिडमाथि ४-० को एकतर्फी जित निकाल्दै फ्रेन्च जायन्ट पिएसजी फाइनल प्रवेश गरेको हो। अब उसले उपाधिका लागि इंग्लिस क्लब चेल्सीको सामना गर्नेछ।
अमेरिकाको न्यू जर्सी स्थित मेटलाइफ स्टेडियममा ७७ हजार दर्शकमाझ पूर्व क्लबविरुद्ध केलियन एम्बाप्पेको रियल म्याड्रिड निरिह बनेको थियो। सेमिफाइनल खेलको २४ मिनेटभित्रै पिएसजीले निर्णायक अग्रता बनाउँदै रियलको सपना चकानाचुर पारिदिएको थियो। रियललाई निरीहर बनाउन २४ मिनेट भित्र ३ गोल गरेको पिएसजी त्यसपछि भने केही थामियो दोस्रो हाफमा उसले अर्को एक गोल गरेको थियो।
रियलका डिफेन्डर राउल एसेन्सियोको गल्तीमा खेलको छैटौँ मिनेटमै फाबियन रुइजले पहिलो गोल गर्दै पिएसजीद्ये अग्रता बनाएको थियो।
त्यसलगतै फ्रान्सेली विंगर डेम्बेलेले एन्टोनियो रुडिगरले गरेको गल्तीको फाइदा उठाउँदै तीन मिनेटमै अर्को गोल गरे। त्यसपछि डेम्बेले र हाकिमीबीचको उत्कृष्ट पास आदानप्रदान पछि रुइजले तेस्रो गोल थप्दा रियल स्तब्ध बनेको थियो।
रियल म्याड्रिड पिएसजी विरुद्धक कुनै पनि समयमा खेलमा देखिएन्। अन्त्यतिर गोन्कालो रामोसले पीएसजीका लागि चौथो गोल थप्दा पूर्ण रुपमा खल आफ्नो पक्षमा पार्दै पिएसजी फाइनल पुगेको हो।
लुइस एनरिकेको नेतृत्वमा रहेको पीएसजीले जारी क्लब विश्वकपमा दाबेदार टिमलाई पन्छाएर फाइनल पुगेको छ। यसअघि पीएसजीले इन्टर मिलानलाई ५-० ले हराएर च्याम्पियन्स लिगको उपाधि जितेका थियो। उनीहरुले इन्टरमियामीलाइ ४-० ले हराएर क्वाटरफाइनल प्रवेश गर्दा क्वाटर फाइनलमा बायर्न म्युनिखलाई २-० ले हराएर सेमिफाइनल पुगेका थिए।
अहिले रियल मड्रिडलाई ४-० ले पराजित गर्दै फाइद्दल पुगेका छन्।








