गृहपृष्ठ Featured बार्सिलोनामा अब मेसीको आइकनिक जर्सी नम्बर यामललाई

बार्सिलोनामा अब मेसीको आइकनिक जर्सी नम्बर यामललाई

स्पेनिस क्लब बार्सिलोनाले आफ्नो टिमका एतिहासिक स्टार खेलाडी लियोनेल मेसीको ‘आइकनीक’ जर्सी नम्बर १० अब युवा स्टार लामिन यामललाई प्रदान गरेको छ। यो जर्सी सन् २००८ देखि २०२१ सम्म अर्जेन्टिनी स्टार लियोनेल मेसीले लगाएका थिए।

केही दिनअघि आफ्नो १८औं जन्मदिन मनाएको यामलले अब यो जर्सी आगामी सिजनदेखि लगाउने छन्। क्लबबाट मेसी बाहिरिएसँगै बार्सिलोनामा १० नम्बरको जर्सी अन्सु फातीले लगाएका थिए। तर उनसले उकनको प्रदर्शन उम्दा हुन सकेन यद्यपी क्लबले उनलाई एएस मोनाकोमा लोनमा पठाएसँगै यो नम्बर अब यामलको नाममा आएको हो।

यामलले नयाँ जर्सीबारे भने ‘बाल्यकालदेखि मेरो सपना बार्सिलोनाको पहिलो टिममा खेल्नु थिय र १० नम्बर जर्सी लगाउने सपनापनि थियो।’ उनले मेसीको जर्सीको समान गर्दै भने ‘मेसीले आफ्नो बाटो बनाएका छन्। मेरो बाटो अब मैले बनाउनु पर्ने छ।’

१० नम्बर जर्सीलाइ विश्व फुटबलमै आइकनिक मानिन्छ। यो जर्सी मेसीसँगै रोनाल्डिन्हो, रिभाल्डो, रोमारियो र डिएगो माराडोनाजस्ता चर्चित खेलाडीहरूले पनि लगाउने गरेका थिए।
सन् २०२२-२३ को सिजनमा बार्सिलोनासँग आबद्ध भएका यामलले पहिलो सिजन १ खेल मात्र खेल्दा त्यसयता १०३ खेल खेलेका छन् र २५ गोल गरेका छन्। उनले दुई ला लिगा, एक कोपा डेल रे र एक सुपरकोपा जितेका छन्।

भर्खरै मात्र बार्सिलोनाले उनीसँग सन् २०३१ सम्मका लागि सम्झौता नवीकरण गरेको छ।

सम्बन्धित् समाचार