गृहपृष्ठ अन्तरास्ट्रिय खबर गाजामा इजरायली आक्रमणबाट २४ घण्टामा १०४ जनाको मृत्यु

गाजामा इजरायली आक्रमणबाट २४ घण्टामा १०४ जनाको मृत्यु

काठमाडौँ । गाजा इजरायल युद्धमा इजरायली आक्रमणबाट पछिल्लो २४ घण्टामा १ सय ४ जनाको ज्यान गएको छ ।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा गाजामा इसरायली आक्रमणमा कम्तीमा १ सय ४ जनाको मृत्यु भएको छ भने ३९९ जना घाइते भएका हुन्।

मन्त्रालयका अनुसार जारी आक्रमणमा अहिलेसम्म कूल ६०,१३८ जनाले ज्यान गुमाइसकेका छन् र झन्डै १ लाख ४६ हजार मानिस घाइते भएका छन्।

मन्त्रालयलेका अनुसार थुप्रै मृतकहरूको शव अझै भग्नावशेषमा दबिएका छन् र कैयौँ घाइतेहरू सडकमा उपचारविहीन अवस्थामा छन्, जहाँ एम्बुलेन्स र उद्धार टोली पुग्न सकेका छैनन्।

त्यस्तै, कुपोषणका कारण पछिल्लो समय थप ७ जनाको मृत्यु भएको छ। यससँगै भोकमरीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय ५४ पुगेको छ, जसमा ८९ जना बालबालिका छन्।

सम्बन्धित् समाचार