गृहपृष्ठ Featured कपिलवस्तुमा समय पानी नपर्दा ३० प्रतिशत धान उप्तापदनमा कमी आउने

कपिलवस्तुमा समय पानी नपर्दा ३० प्रतिशत धान उप्तापदनमा कमी आउने

लामो समयदेखि पानी नपरे पछि अन्न भण्डारका रुपमा परिचित कपिलवस्तुमा साढे ५ हजार हेक्टर बढी धान खेत बाझै रहेको छ । पानीको अभाव हुँदा धान रोपाई हुन नसेकेका हो । धान उत्पादनमा ठुलो ह्रास आउने समेत देखिएको छ । पानी नपर्दा र सिचाई अभावले जिल्लामा ९० प्रतिशत मात्र रोपाइ भएको कृषि ज्ञान केन्द्र कपिलवस्तुले जनाएको छ । ८३ हजार हेक्टर बढी खेती योग्य जमिन मध्ये ६५ हजार हजार ८६१  सय हेक्टर जग्गाको क्षेत्रफलमा धान खेती गर्ने गरिएको छ ।

तर यस बर्ष पानी नपर्दा ९० प्रतिशत मात्र रोपाई भएको केन्द्रका प्रमुख भास्कर पौडेलले बताए । साढे ५ हजार हेक्टर धान खेत बाझै रहेको उनले बताए । रोपेको धान समेत पानीको अभावले बोट सुक्न थालेको र खेतमा धाँजा समेत फाटेको पौडेलले बताए । महराजगंज र कृष्णनगर नगरपालिका र बिजय नगर नगरपालिकामा पानी नपर्दा रोपाई प्रभावित भएको पौडेलले बताए । पानी चाडै पानी नपरे धान उत्पादनमा अझै कमी आउने उनले बताए । पानी नपरे पछि कृषकहरू मर्कामा परेको र धान उत्पादनमा असर परेको भन्दै जसपा नेपाल कपिलवस्तु र नेपाल किसान महासङ्घले जिल्लालाई सुखाग्रस्त क्षेत्र घोषणा गर्न समेत माग गरेका छन् । उनीहरुले कृषकहरूलाई आवश्यक राहत समेत उपलब्ध गराउनु पर्ने माग गरेका हुन ।

कपिलवस्तुलाई बिपद संकटग्रस्त क्षेत्र घोषणका लागि सिफारिस

जिल्ला विपद् व्यवस्थापन समितिले लामो समयसम्म खडेरी पर्दा जिल्लाका सबै किसानले धान रोप्न नपाएको र रोपेको केही धान पनि पानी नपर्दा क्षति भएको भन्दै जिल्लालाई बिपद संकटग्रस्त क्षेत्र घोषणका लागि सिफारिस गर्ने निर्णय गरिएको छ ।

गत साउन १३ गते समितिको तौलिहवामा बसेको बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समक्ष सिफारिस सो सिफारिस गरेका हो । राहत प्याकेज उपलब्ध गराउन समेत माग गरिएको हो । प्रजिअ तथा समितिका संयोजक दलि कुमार तामाङले वर्षा नहुँदा कपिलवस्तुमा १० प्रतिशत धान खेत बाझै रहेको र उत्पादनमा समेत कमी आउने देखिएकाले आफूहरूले जिल्लालाई बिपद संकटग्रस्त घोषणाकालागि सिफारिस गरिएको बताए । आफुले बिजयनगर गाउँपालिका र कृष्णगनर तथा महराजगंज नगरपालिकाको स्थलगत अनुगमन र निरीक्षण गर्दा स्थिति नाजुक रहेको पाएको उनले बताए ।

उनले बिपद संकटग्रस्त र राहत प्याकेजका लागि सिफारिस गरिएको बताए । बैठकले जिल्लामा रोपाई हुन बाकि क्षेत्रमा रोपाई गर्न र रोपाई भैसकेका क्षेत्रमा सिँचाइ उपलब्ध गराउन स्थानीय तह, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, बाणगंगा सिँचाइ व्यवस्थापन कार्यालय, कृषि ज्ञान केन्द्र, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, बिद्युत् प्राधिकरण लगायतसँग समन्वय गर्ने निर्णय गरेको छ ।

कपिलवस्तुमा सम्भावित जोखिम पहिचान, पूर्व तयारी र प्रतिकार्य सुनिश्चित गर्ने उद्देश्यले विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०८२ को अद्यावधिक मस्यौदा तयार गरिने छ। सहायक प्रमुख जिल्ला अधिकारी पदम प्रसाद लामिछानेको संयोजकत्वमा कार्यदल समेत गठन गरिएको छ। कार्यदलबाट पर्याप्त मस्यौदा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारी र सरोकारवालाहरू सँग परामर्श गरी प्रमाणित गरिने प्रजिअ तामाङले बताए । बैठकमा सरोकारवालाले किसानले पर्याप्त मात्रामा मल खाद नपाएको भन्दै यसको सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

सम्बन्धित् समाचार