४ भदौ, काठमाडौं । अफगानिस्तानमा बसमा दुर्घटना हुँदा ७३ जनाको मृत्यु भएको छ । मृतकमध्ये १७ जना बालबालिका रहेका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
दुर्घटनाग्रस्तमा बसमा धेरैजसो इरानबाट फर्काइँदै गरिएका अफगानी प्रवासीहरू थिए । तालिबानको सूचना तथा संस्कृति निर्देशक अहमदुल्ला मुक्तकीले काबुल जाँदै गरेको बसमा ट्रक र मोटरसाइकलसँग ठोक्किएर आगलागी भएको बताएका छन् ।
हालैका महिनामा गृहयुद्धका कारण अफगानिस्तानबाट भागेका अफगानी नागरिकलाई इरानले स्वदेश फिर्ता पठाउनेक्रमलाई तीव्रता दिएको छ ।
सन् १९७९ मा अफगानिस्तानमा शोभियत संघको आक्रमणका दौरान र सन् २०२१ मा तालिबान पुन:सत्तामा आएपछि अफगानीहरूले अन्य मुलुक पलायन हुनेक्रम बढेको थियो








