गृहपृष्ठ कपिलवस्तु बिशेष नेपाल हज समितिको सदस्यमा कृष्णनगरका साकिर अहमद नियुक्त

नेपाल हज समितिको सदस्यमा कृष्णनगरका साकिर अहमद नियुक्त

कपिलवस्तु, ६ भदाैँ ।

गृहमन्त्रालयले साकिर अहमदलाई नेपाल हज समितिकाे सदस्यमा नियुक्त गरेकाे छ । कपिलवस्तु जिल्लाकाे कृष्णनगर नगरपालिका-२ कृष्णनगर निवासी साकिर अहमदलाई नेपाल हज समितिकाे नयाँ सदस्यमा नियुक्त गरेको हाे ।

गृहमन्त्रीको ३ गतेको निर्णय अनुसार साकिर अहमदलाई २ वर्षको लागि हज समितिको सदस्यमा ताेकिएकाे मन्त्रालयकी उप-सचिव बन्दना राईले बताइन् । गृह मन्त्रालय अन्तर्गत रहने हज समितिका सदस्यहरुको नियुक्ति प्रक्रियामा अनुसार  रहेको मन्त्रालयले जनाएको छ ।

साउदी अरब सरकारले तोकेको कोटा अनुसार यस वर्ष नेपालबाट १ हजार २ सय जना मुस्लिम धर्मावलम्बीले हज यात्रा गर्ने अवसर पाउने बताउँदै सदस्य शाहले साउदी अरबको मक्का मदिनामा हज गर्नका लागि सम्पूर्ण मुस्लिम समुदायलाई सदस्य शाहले आह्वान समेत गरेका छन् ।

सम्बन्धित् समाचार