वैखरी अनलाईन, कपिलवस्तु ।
गायक राजेश धामीको स्वरमा सजिएको नयाँ गीत ‘एउटा थियो दिल’ शुक्रबार सार्वजनिक गरिएको छ । हरि ओम मंगोलको शब्द र संगीतमा तयार भएको यस गीतमा हरि ओम मंगोल र रचना न्यौपानेले अभिनय गरेका छन् ।
भिडियोलाई मनिष श्रेष्ठले निर्देशन तथा नृत्य निर्देशन गरेका छन् भने पवन सुस्लिङले छायांकन गरेका छन् । भिडियोको सम्पादन, रंग संयोजन र पोस्टर डिजाइनको काम पदम सुवेदीले गरेका हुन् । यस गीतलाई नरेन्द्र बियोगीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । गीतको रेकर्डिङ शमूल थामी र बिक्की अधिकारीले गरेका हुन् भने लहर स्टुडियो र एक स्टुडियो बहराइनमा यसको ध्वन्यांकन सम्पन्न भएको हो ।
गीतसँगै सार्वजनिक गरिएको भिडियोमा राजाराम समूहको नृत्य देख्न सकिन्छ भने पोशाक डिजाइनमा सुकनीता चौलागाईं, राज श्रेष्ठ र भ्यालेन्टिनोको योगदान छ ।
सार्वजनिक ‘एउटा थियो दिल’ गीतले प्रेममा आएका उतारचढावलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा दर्शकको सकारात्मक प्रतिक्रिया आउन थालेको छ ।








