गृहपृष्ठ Featured अब जापानमा दैनिक २ घण्टामात्र मोबाइल चलाउन पाइने

अब जापानमा दैनिक २ घण्टामात्र मोबाइल चलाउन पाइने

सहरबासीहरू मोबाइल फोनको लतमा फसेर दिनभर फोनको स्क्रिनमा झुण्डिन थालेपछि जापानको टोयोआके सहरले नयाँ नियम लागू गर्ने भएको छ ।

आइची प्रान्तस्थित टोयोआके सहरले नयाँ विधयेकको मस्यौदा तयार पारेको छ, जस अनुसार सहरबासीले आफ्नो काम र विद्यालय बाहिरको समयमा अधिकतम २ घण्टासम्म मात्रै मोबाइल फोन चलाउन पाउनेछन् । यद्यपि उक्त नियम उल्लंघन गर्नेलाई सजायको कुनै प्रावधान भने कानूनमा राखिएको छैन । नयाँ कानून अन्तरगत नगर सरकारले नागरिकहरुलाई आफ्नो स्क्रिन टाइम दैनिक २ घण्टामा सीमित पार्न आग्रह गर्नेछ ।

मस्यौदा विधयेक अनुसार उक्त स्क्रिन टाइमको सीमा सबै सहरबासीका लागि लागू हुने भएपनि बाध्यकारी भने छैन र सीमा उल्लंघनमा जरिवानाको प्रावधान पनि राखिएको छैन ।

शुक्रबार जारी गरेको विज्ञप्तिमा टोयोआकेका मेयर मासाफुमी कोकीले भनेका छन् : यो प्रस्तावको उद्देश्य मोबाइल फोनको अत्यधिक प्रयोगलाई रोक्नु हो, जसले अनिद्रा लगायतका शारीरिक तथा मानिसक स्वास्थ्य समस्या निम्त्याएको छ ।

सम्बन्धित् समाचार