गृहपृष्ठ Featured विश्वभर १० लाखभन्दा धेरै मानिस बेपत्ता भएको रेडक्रसको तथ्याङ्क

विश्वभर १० लाखभन्दा धेरै मानिस बेपत्ता भएको रेडक्रसको तथ्याङ्क

रेडक्रसले विश्वभर १० लाखभन्दा धेरै मानिस बेपत्ता भएको तथ्याङ्क सार्वजनिक गरेको छ । यो पाँच वर्ष पहिलेको तुलनामा झण्डै ७० प्रतिशतले बढी हो । बढ्दो द्वन्द्व, व्यापक आप्रवासन र युद्धका नियम पालना हुन नसक्दा बेपत्ताको सङ्ख्या बढेको रेडक्रसको अन्तर्राष्ट्रिय समितिले निकालेको विज्ञप्तिमा उल्लेख छ । सुडान, युक्रेन, सिरिया, कोलम्बिया, इजरायललगायतका देशमा व्यक्ति बेपत्ताका घटना उच्च छन् ।

आईसीआरसीका महानिर्देशक पियरे क्राहेनबुहलले विश्वभरबाट लाखौं मानिस आफ्ना प्रियजनबाट अलग्गिएका बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । राजनीतिक दलहरूले अन्तर्राष्ट्रिय मानवीय कानूनको सम्मान गर्दा ‘बेपत्ता हुने जोखिम कम हुन्छ’ भन्नेमा रेडक्रसले जोड दिएको छ ।

आईसीआरसीका अनुसार गएको वर्ष १६ हजारभन्दा धेरै व्यक्तिहरू फेला परेका थिए र सात हजारभन्दा बढीलाई उनीहरूका परिवारसँग पुनर्मिलन गरिएको थियो । आज बेपत्ताविरुद्धको अन्तराष्ट्रिय दिवस मनाईंदैछ ।

सम्बन्धित् समाचार