कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका–१ मा नयाँ उद्यम “चिया साथी क्याफे” सञ्चालनको अन्तिम तयारी पूरा भएको छ । भाद्र १६ गते सोमबार यस क्षेत्रका सफल युवा व्यवसायी आशिष शर्माले क्याफेको औपचारिक उद्घाटन गर्ने भएका छन् ।
लोकप्रिय युवा तथा समाजसेवी तिलकराम (टीआर) पाण्डेले सञ्चालनमा ल्याउन लागिएको क्याफे आत्मीयता र मित्रतालाई जोड्ने उद्देश्यले सुरु गरिएको हो । क्याफेमार्फत स्थानीयवासीलाई स्वस्थ वातावरणमा चिया–कफी लगायतका परिकार उपलब्ध गराउने व्यवस्था मिलाइएको पाण्डेले जानकारी दिएका छन् ।
“यो क्याफे केवल व्यवसाय नभई मित्रता र सद्भाव बाँड्ने साझा थलो होस् भन्ने हाम्रो चाहना हो,” पाण्डेले वताए । उनका अनुसार, उद्यमशीलता मात्र नभई सामाजिक आत्मीयता र सद्भावलाई संस्थागत गर्ने अभिप्राय क्याफेले बोकेको छ ।
समाजसेवी गतिविधि र युवा बीच लोक प्रिय व्यक्तित्वका रूपमा स्थापित पाण्डेले यस अघि पनि शैक्षिक र सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । यस पटक उनले व्यवसायलाई पनि सामाजिक सम्बन्ध र आत्मीयता सँग जोड्ने प्रयास गरेको पाण्डे बताए ।
क्याफेको नाम जस्तै यहाँको मूल ध्येय पनि सबै उमेर, वर्ग र पेसाका मानिसलाई आत्मीय वातावरणमा जोड्नु हो । व्यस्त जीवन शैलीबीच मानिसलाई केही बेर आराम गर्न सक्ने, परिवार, साथीभाइ वा व्यवसायिक भेटघाट गर्न मिल्ने स्थानको आवश्यकता यहाँका युवाले लामो समय देखि महसुस गर्दै आएका थिए । “चिया साथी” त्यसकै परिकल्पना र व्यवहारिक स्वरूप रहेको युवा व्यवसायी पाण्डले बताए ।
साधारण चिया पसल भन्दा फरक ढंगमा सजावट गरिएको यस क्याफेमा स्थानीय स्वादलाई प्राथमिकता दिने उद्धेश्यका साथ क्याफे सञ्चालन गर्न लागेकोमा युवा व्यवसायी पाण्डेलाई बताए ।








